Monday, January 19, 2026
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

spot_img
spot_img

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति खारेज भएको छ । कम्पनीको २०८१ पुस १४ गते बसेको संचालक समितिको बैठकले २०८१ पुस १८ गतेबाट लागु हुने गरि अधिकारीलाई ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।

तर त्यस विरुद्द केही शेयरधनीले राष्ट्र बैंकमा उजुरी दिएका थिए। उजुरीपछि राष्ट्र बैंकले सीइओ नियुक्तिसँग सम्बन्धित फाइलहरुको अध्ययन समेत गरेको थियो ।

सीइओ नियुक्त भएका अधिकारीले नै  आफुलाई नियुक्ति गर्दा संचालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले संस्थामा प्रमुख कार्यकारी अधिकृत भई कार्य गर्न असमर्थता व्यक्त गर्दै पत्र पठाएको कम्पनीले जनाएको छ । त्यसपछि कम्पनीको  २०८१ चैत्र ६ गते बेलुका ४ बजे बसेको ५१० औं बैठकले निजको नियुक्तिलाई खारेज गर्ने निर्णय गरेको हो ।

कम्पनीमा संस्थापक समूहका संचालक र सर्वसाधारण समूहका संचालकबीच सीइओ नियुक्तिलाई लिएर केही विवाद देखिएको स्रोतको दाबी छ। अहिले भने संचालक समितिले नियुक्ति नै खारेज गरेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसवाई प्यानलमा नयाँ संचालक समिति चयन, प्रबन्ध संचालकको अख्तियारी कर्माचार्यालाई

एसवाई प्यानल नेपाल नेपाल लिमिटेडमा नयाँ संचालक समिति चयन...

सुनको भाउ ऐतिहासिक उचाईमा, तोलाको २ लाख ८२ हजार

आज सोमबार सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ...

नेपाल एयरलाइन्सको महाप्रबन्धका लागि १० जना आवेदकको सूची सार्वजनिक

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को रिक्त महाप्रबन्धका लागि आवेदन...

कामना सेवा बन्यो रिपोर्ट निकाल्ने पहिलो कम्पनी, २२.३४ प्रतिशतले बढ्यो नाफा

कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा...

आज सोनाम ल्होसार, देशभर सार्वजनिक विदा

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने...

चुनाव आउन ४५ दिन बाँकि: मध्यरातदेखि लागू भयो निर्वाचन आचारसंहिता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...
spot_img
spot_img