समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । कम्पनीमा हाल सीइओ रहेका टीका निधि लोहनीले राजीनामा दिएपछि कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
घिमिरेलाई २०८२ वैशाख १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ। यस अघि घिमिरे गोर्खाज फाइनान्सको सीइओ थिए । उनी नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त कर्मचारी हुन् ।
कम्पनीले २०८१ चैत्र मसान्तसम्मको लागि हाल संस्थाका नायव महाप्रबन्धक रहेका विनोद राज पौडेललाई कामु सीइओको जिम्मेवारी दिएको छ।