गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई सीइओ नियुक्त गरेको हो ।
कम्पनीका अनुसार उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको हो । उनको कार्यकाल पुस १८ गतेदेखि लागु हुने छ।
नव नियुक्त सीइओ अधिकारीसँग साविकको कमर्श एण्ड ट्रस्ट बैंक, नेपाल बैंक र एनआईसी एशिया बैंकमा काम गरेको अनुभव रहेको छ ।
We are proudly with our sir.