Friday, December 12, 2025
spot_img

डेभलपमेण्ट बैँकर्स एशोसिएसनमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन: श्रेष्ठ

spot_img

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भएका छन् । आज बिहीबार पोखरामा आयोजना गरिएको एशोसियसनको १९ औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो।

एशोसियसनको १९ औं वार्षिक साधारण सभाले आ.व. २०८०÷८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०८१÷८२ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

पुनः निर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफुलाई अध्यक्ष पदमा निर्वाचित गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै सबै सदस्य बैंकहरुको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्ने प्रतिबद्धता जनाए । यस एसोसिएसनलाई आजका दिन सम्म आँउनको लागि सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुहरुले प¥याएको भूमिकालाई ह्दय देखि नै सम्मान ब्यक्त गर्दै भोलिका दिनमा पनि नीतिगत कार्य एवं सल्लाह सुझाब दिनको लागि अनुरोध गरे ।

यस्तो छ नयाँ कार्यसमिति:

अध्यक्षः सुयोग श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड,
उपाध्यक्षः दिनेश थकाली, प्रमुख कार्यकारी अधिकृत, कामना सेवा बिकास बैंक लिमिटेड,
सचिवः माधब प्रसाद उपाध्याय, प्रमुख कार्यकारी अधिकृत, गरिमा बिकास बैंक लिमिटेड,
कोषाध्यक्षः कपिल ढकाल, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक लिमिटेड,

सदस्यहरुः
नरेश सिंह बोहरा, प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक लिमिटेड,
प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेड,
दिपेश लम्साल, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक लिमिटेड,
हरिबहादुर बुढाथोकी, प्रमुख कार्यकारी अधिकृत, ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,
दिनेश पोखरेल, प्रमुख कार्यकारी अधिकृत, सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो...

सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारणसभा आज

सर्वोत्तम सिमेन्ट लिमिटेडले आज मङ्सिर २६ गते आफ्नो ७...

सुनचाँदीको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आज शुक्रबार सुनको भाउमा भारी वृद्धि भएको छ ।...

रिलायन्सको आईपीओमा म्युचुअल फण्ड र वैदेशिक कोटा दुवैमा १८ गुणा बढीको आवेदन

रिलाइन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को...
spot_img
spot_img