Friday, January 24, 2025
spot_img

राष्ट्रिय वाणिज्य बैंकले नेपाल पे क्युआर मार्फत सुरु गर्यो क्रसबोर्डर भुक्तानी सेवा

राष्ट्रिय वाणिज्य बैंकले नेपाल पे क्युआर मार्फत सुरु गर्यो क्रसबोर्डर भुक्तानी सेवा सुरु गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशहरुँंग आबद्धता रहेको अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्युआर लिएका यस बैंकका मर्चेन्टहरुले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्ने भएका छन् ।

बैंकका अनुसार नेपाल पे क्युआर हाल सम्म नलिएका ग्राहकहरुले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुबिधा प्राप्त गर्न सक्नेछन् । खासगरी चीन, थाईल्याण्ड, हङकङ, मलेसिया, ईन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा ईटली लगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरुबाट आएका पर्यटकहरुले आफ्नो देशको विभिन्न वालेट मार्फत रकम भुक्तानी गर्न सक्ने बैंकले उल्लेख गरेको छ । यस्तो कारोवारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोवारमा बृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

बैंकले सातवटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय...

विश्वभर एकसाथ डाउन भयो ‘च्याट जीपीटी’

ओपन एआईले संचालनमा ल्याएको चर्चित च्याटबट 'च्याट जीपीटी' बिहीबार...

प्रदेश र स्थानीय तहले केन्द्र सरकारबाट पाउने अनुदानमा कटौती

सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष...

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

४० बस थपेर महानगर यातायातद्वारा थानकोट-धुलिखेल रुटमा सेवा सुरु, पब्लिक लिमिटेडमा जाँदै

महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको...