सानिमा बैंकमा लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीको संख्या १४ रहेको छ। आर्थिक वर्ष २०८०/८१ को विवरण अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीको संख्या १४ रहेको हो।
जस मध्ये ३ संस्थापाक शेयरधनी र बाँकि व्यक्तिगत शेयरधनी रहेका छन् । बैंकका सबैभन्दा धेरै शेयर अरुण कुमार ओझाको रहेको छ। उनीसँग बैंकको ७.९४ प्रतिशत अर्थात् १ करोड ७ लाख ८१ हजार ५ सय ४२ कित्ता शेयर छ। त्यस्तै टेक राज निरौलासँग ६.३९ प्रतिशत अर्थात् ८६ लाख ७४ हजार ५ सय ७० कित्ता शेयर रहेको छ। जीवनाथ लामिछानेसँग ५.४४ प्रतिशत अर्थात् ७३ लाख ८४ लाख ३ सय ४२ कित्ता शेयर रहेको छ।
बैंकको कुल शेयर संख्या भने १३ करोड ५८ लाख १५ हजार २ सय ५४ दशमलव १४ कित्ता रहेको छ। अर्थात् बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४ सय १४ रुपैयाँ रहेको छ।
हेर्नुस् को सँग कति छ शेयर ?