प्राइम कमर्सियल बैंकको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्रीलाई नियुक्त गरिएको हो ।
कुशल कार्यसम्पादनमा अब्बल मानिने खत्रीले बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका छन् । सिटिजन्स बैंक लिमिटेडको स्थापना कालदेखि नै कार्यरत खत्री यस अघि सिटिजन्स बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । खत्री एक महिनाअघि मात्रै सिटिजन्स बैंकबाट बाहिरिएका थिए ।
खत्री बैंकिङ क्षेत्रमा कर्जा विज्ञको रुपमा परिचित छन् । उनले देशको ठूला ठूला भौतिक निर्माण आयोजनाहरुमा बैंकिङ कर्जा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आईरहेका छन् ।