सिटिजन्स बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या दुई दर्जन बढी रहेको छ। बैंकको आर्थिक वर्ष २०८०/८१ को विवरण अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २६ रहेको छ। जसमा व्यक्तिगत र संस्थागत दुवै लगानीकर्ता समावेश छन् ।
बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा नागरिक लगानी कोष रहेको छ। कोषको बैंकमा ३.३५ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै बैंकमा उर्मिला पाण्डेको ३.३० प्रतिशत, बिजेन्द्र जोशीको १.५९ प्रतिशत, तथा मनोहर दस मूलको १.३७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
त्यस्तै दिग्विजय विष्ट र तारा विष्टको समान १.३० प्रतिशत, पवित्र कुमार कार्की र रविन्द्र मान सिंह प्रधानको समान १.२८ प्रतिशत, सावित्री शर्माको १.१८ प्रतिशत तथा रमेश शर्माको १.०२ प्रतिशत शेयर स्वामित्व रहेको छ। अन्य शेयरधनीको भने १ प्रतिशत भन्दा कम शेयर स्वामित्व रहेको छ ।
हेर्नुस् बैंकका ठूला शेयरधनीको सूची :