Wednesday, June 18, 2025
spot_img

नबिल बैंकको विशेष साधारणसभा आज, चुक्ता पुँजी ३२ अर्ब पुर्याउँदै

spot_img
spot_img

नबिल बैंकले आज भदौ १७ गते अनलाइन माध्यमबाट विशेष साधारणसभा गर्दै छ। बैंकको साउन २७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो ।

आज हुने विशेष साधारणसभामा ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पेश हुने छन्। त्यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पेश हुने छ।

बैंकले विशेष साधारणसभा प्रयोजनको लागि भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। भदौ ६ गतेसम्म कायम शेयरधनीहरु मात्र विशेष साधारणसभामा सहभागी हुन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु :

१) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम देहाय बमोजिमको व्यवस्था तथा शर्तहरू सहित प्रति शेयर रू. १०० का दरले रू. ५ अर्ब रूपैयाँ बराबरको “ नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” सम्बन्धित नियमनकारी निकायको स्विकृति पश्चात् जारी गर्ने प्रस्ताव पारित गर्ने ।

२) बैंकको अधिकृत पूँजी रू.२८,००,००,००,००० / /- (अक्षरेपी रू. अठ्ठाईस अर्ब मात्र) रहेकोमा अग्राधिकार शेयर जारी गरे पश्चात् अधिकृत पूँजी रू. ३३,००,००,००,०००/- (अक्षरेपी तेत्तीस अर्ब रूपैयाँ मात्र) पुऱ्याउने प्रस्ताव पारित गर्ने ।

३) बैंकको जारी तथा चुक्ता पूँजी रू.२७,०५,६९,९६,७२९/२६ (अक्षरेपी सत्ताईस अर्ब पाँच करोड उनन्सत्तरी लाख छयान्नब्बे हजार सात सय उनन्तीस रूपैयाँ छब्बीस पैसा मात्र) रहेकोमा अग्राधिकार शेयर जारी गरे पश्चात् जारी तथा चुक्ता पूँजी रू.३२,०५,६९,९६,७२९ / २६ (अक्षरेपी बत्तीस अर्ब पाँच करोड उनन्सत्तरी लाख छयान्नब्बे हजार सात सय उनन्तीस रूपैयाँ छब्बीस पैसा मात्र) पुऱ्याउने प्रस्ताव पारित गर्ने ।

४) प्रबन्धपत्रको दफा ४ (२९), दफा ५ को (१), (२), (३) तथा दफा ६ को (१) र (२) र नियमावलीको नियम ५ र २४ मा रहेको विद्यमान व्यवस्थामा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

५) प्रबन्धपत्र र नियमावलीमा संशोधन, अग्राधिकार शेयर जारी / दर्ता / सूचीकरण गर्ने लगायत सोसँग सम्बन्धित कार्यहरू स्वीकृतीको क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरूबाट कुनै विषय, शर्तहरू लगायतमा संशोधन / फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधार समेतका लागि सञ्चालक समिति (वा सञ्चालक समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिने ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img