Saturday, September 14, 2024

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार बैंकको ग्राहकहरुले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब), नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...