Wednesday, June 18, 2025
spot_img

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीद्वारा पदभार ग्रहण

spot_img
spot_img

ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ लिएका थिए।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए।

ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन्। उनीसँग बैंकिङ्ग क्षेत्रको करिब ३५ वर्षभन्दा लामो अनुभव रहेको छ ।नवनियुक्त रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।

शपथ कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ्ग क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गरे । उनले नयाँ प्रमुख कार्यकारी अधिकृत रेग्मीको नेतृत्वमा बैंकको सेवालाई समयसापेक्ष बनाउँदै आम सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ्ग प्रदान हुने बताए ।

“रेग्मी ग्लोबल आइएमई बैंकको सुरुदेखि नै यस बैंकमा हुन्नुहुन्छ । लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका उहाँ एक अनुभवी बैंकर हो । उहाँले यस ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दा नियामकीय निर्देशनहरुको अधिनमा रही यस बैंकका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र शेयरहोण्डरहरुलाई यथोचित प्रतिफल प्रदान गर्ने मलाई विश्वास छ,” उनले भने ।

पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महशुस भएको बताए । उनले आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरु, नयां र सुरक्षित प्रविधियुक्त बैंकिङ्ग सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा बैंकको सम्मानजनक उपस्थितीलाई अझ मजवुत वनाउदै लैजाने प्रतिवद्दता व्यक्त गरे । उनले ग्लोबल आइएमई बैंकको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउँन आफूले प्रयत्न गर्ने बताए।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गरिँदै, घट्दै बिजुलीको महशुल

नेपाल विद्युत प्राधिकरणले सरकारको घोषणा अनुसार होटललाई औद्योगिक ग्राहकमा...

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...
spot_img