Tuesday, March 18, 2025
spot_img
spot_img

ग्लोबल आइएमई बैंकका ग्राहकलाई इशान अस्पतालमा छुट

 

ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट÷क्रेडिट कार्ड, एवम बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेे बैंकले जनाएको छ। त्यस्तै अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओ.पी.डी लगायतका सेवाहरु साथ–साथ आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

“यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुसी छौँ” इशान अस्पतालका निर्देशक प्रोे.डा. रामनन्दन पि. चौधरीले भने । चौधरीले यो पहलले पहँुचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे ।

यसैगरी, ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेलले, “इशान अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने” विश्वास बैंकले लिएको जानकारी दिए । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक साझेदारी योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...

पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्छु: नव नियुक्त आइजिपी थापा

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह...

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान भएको...
spot_img