Sunday, December 7, 2025
spot_img

सिटिजन्स बैंकको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

spot_img

सिटिजन्स बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर १२ गते साधारणसभा आह्वान गरेको हो।

बैंकको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.२६३ प्रतिशत  नगद लाभांश गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु :

 साधारण प्रस्तावहरु
१. आ.व. २०८१ / ८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०८१/०४/०१ देखि २०८२/०३/३२ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले हुन आउने रु. ३८,८६५,८२३.५९ बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५ बैंकको नियमावली अनुसार समूह ‘क’ का संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पद १ (एक) र समूह ‘ख’ का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पद ३ (तीन) निर्वाचन गर्ने ।

विशेष प्रस्तावहरु
१. सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५ प्रतिशतका दरले हुन आउने रु. ७३८, ४५०,६४८.३० बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

२. (क) बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने ।
(क-१) बैंकको अधिकृत पूँजी बृद्धि गर्ने सम्बन्धमा ।
(क-२) बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने सम्बन्धमा ।

३. बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न अनुमति लिनु पर्ने निकायहरुबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायत आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लगानी योग्य रकम स्थिर हुनु अहिलेको मुख्य चुनौती: अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वित्तीय प्रणालीमा...

‘अर्थतन्त्रको मुहान भनेको निजी क्षेत्र हो, मुहान सुदृढ नभई आर्थिक गतिविधि विस्तार हुन सक्दैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले निजी क्षेत्रबिना...

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको कोल्याटर...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक नभएको...

पेट्रोल गाडीलाई ‘ईभी’मा परिवर्तन गर्न मापदण्ड बन्दै, के के विषय समावेश हुँदैछन् ?

नेपालमा २० वर्ष पूराना सवारी साधनहरु प्रतिस्थापन गर्ने विषय...
spot_img
spot_img