Tuesday, July 15, 2025

नेपाल एसबिआई बैंकद्धारा लुम्बिनी विकास कोषलाई आर्थिक सहयोग

spot_img
spot_img

नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्धारा संचालित विभिन्न संरक्षणका कार्यक्रमका लागि रु १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ । कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि) राममोहन राव अमराले लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन्।

उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री र आगन्तुकहरुलाई सुविधा प्रदान गर्ने तथा पैदलमार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिनेछ ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सल, बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नेपाल एसबिआई बैंकका संचालकहरु रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती, गोपाल प्रसाद भट्ट, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, बैंकका प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा तथा कोषका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img