नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेको छ । नेपाल बैंकर्स संघका प्रतिनिधिले गभर्नर डा. पौडेललाई भेटेका हुन् । संघको प्रतिनिधिमण्डलले गभर्नरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
आज छोटो भेटघाट मात्रै भएको र अब चाँडै लामो छलफल गर्ने कुरा भएको बैंकर्सहरुले बताएका छन् ।
गभर्नरले बैंकर्स सँगको भेटमा बैंक तथा वित्तीय संस्थाले मुलुकको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् । उनले हाल देखिएका आर्थिक क्षेत्रका चुनौतीको समाधान गर्न बैंक तथा वित्तीय क्षेत्रसहित सरोकारवाला सबै एकजुट हुनुपर्ने पनि बताएका छन् ।
अब आगामी मौद्रिक नीतिको सुझावका लागि छिट्टै छलफल गर्ने भन्दै गभर्नर डा. पौडेलले आज गएको बैंकर्स संघको टोलीलाई बिदा गरेका छन् ।