सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग गरेको छ । बैंकले उक्त संस्थालाई करिब २ महिनासम्म लाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू सहयोग गरेको हो ।
संस्थामा आयोजित एक समारोहका बीच सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
दृष्टि फाउण्डेसन लामो समयदेखी निरन्तर रुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी काम गर्दै आएको सामाजिक संस्था हो । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको उक्त संस्थाले करिब ६५ जना महिला र उनका बालबालिकाहरूलाई सहयोग गरिरहेकोे छ ।
सिटिजन्स बैंक हालै मात्रै विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२४’बाट सम्मानित भएको बैंक हो । बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” ९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि दिइरहेको छ । क्रस बैंक टेलर सुविधा अन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंकले हाल मुलुकका ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट सेवा दिँदै आएको छ ।











