कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदैआएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५%, आँखा जाँचको ओपीडी टिकटमा १०%, ब्रान्डेड फ्रेममा १०%, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५% छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि शुल्क गरिने बैंकले जनाएको छ ।
कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ। आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।