Thursday, March 20, 2025
spot_img
spot_img

साइपालमा एभरेष्टले खोल्यो शाखा, अब सबै स्थानीय तहमा पुगे वाणिज्य बैंक

वाणिज्य बैंकको शाखा पुग्न बाँकि रहेको देशको एक मात्र स्थानीय तहमा आजबाट शाखा पुगेको छ । बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडले शाखा खोलेको हो ।

आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त शाखाको उद्घाटन गरेका हुन् ।  उक्त शाखाको उद्घाटनसँगै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको छ ।

गभर्नर अधिकारी हेलिकप्टर चढेर सो शाखा उद्घाटन गर्न साइपाल पुगेका थिए । शाखा उद्घाटनमा एभरेष्ट बैंकका अध्यक्ष बालगोपाल बैद्य, तथा  बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ लगायतको टोली पुगेको थियो। गभर्नर सहितको टोलीलाई स्थानीयले बाजागाजा सहित स्वागत गरेका थिए।

भौगोलिक कठिनाइका कारण उक्त गाउँपालिकामा अहिलेसम्म बैंकको शाखा थिएन। बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा स्थापनालाई अन्तिम रूप दिने सन्दर्भमा गत जेठमा राष्ट्र बैंकमा छलफल भएको थियो। छलफलमा  गभर्नर अधिकारी, गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा र एभरेष्ट बैंक लिमिटेडका प्रतिनिधि लगायत उपस्थित थिए । लामो समयको प्रयासपछि साइपालमा बैंकको शाखा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img