Sunday, December 1, 2024

बजारमा अधिक तरलता: राष्ट्र बैंकले १ खर्ब खिच्न खोज्दा बैंकहरु २ खर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाहरु थोरै ब्याज मै भएपनि राष्ट्र बैंकमा रकम राख्न इच्छुक देखिएका छन् । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज कार्तिक २१ गते  बजारबाट १०० अर्ब खिच्न खोज्दा बैंकहरुले २०० अर्ब बढीको लागि प्रस्ताव गरेका हुन्।

राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले आज २१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत १०० अर्ब रकम खिच्नको लागि सूचना जारी गरेको थियो। यस बोलकबोलमा २५ वटा बैंक तथा वित्तीय संस्था सहभागी भए भने ६६ वटा प्रस्ताव परेको राष्ट्र बैंकले जनाएको छ। जसमा बैंकहरुले २०७ अर्ब १० करोड राख्नको लागि प्रस्ताव गरेका हुन् । अर्थात् राष्ट्र बैंकले खिच्न खोजेको तुलनमा दोब्बर भन्दा धेरै रकम राख्न बैंकहरु तयार देखिएका हुन् । दोब्बर भन्दा धेरै रकम राख्न बैंकहरु तयार देखिए पनि राष्ट्र बैंकले १०० अर्ब मात्रै बजार बाट खिचेको छ  ।

बैंकहरुले अधिकतम २.९५००  प्रतिशत र न्युनतम २.७२२५ प्रतिशत ब्याजमा सो रकम राख्न प्रस्ताव गरेका थिए । राष्ट्र बैंकले भारित औसत ब्याजदरको रुपमा २.८६७१ प्रतिशत ब्याजमा १०० अर्ब रकम संकलन गरेको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था थियो।

के हो निक्षेप संकलन ?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क
तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिन्छ।   निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिन्छ।  समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिन्छ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइदैन। तर, राष्ट्र बैङ्कको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा अधिक तरलता: राष्ट्र बैंकले ५० अर्ब खिच्न खोज्दा बैंकहरु ६४ अर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

जीवन बीमा कम्पनीको व्यवसाय: नेपाल लाइफ शिर्ष स्थानमा, सन लाइफ लास्ट (सूचीसहित)

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा...

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल...

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित 

लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा...

शेयरबजारमा गिरावट, सबै विकास बैंकको मूल्य बढ्यो

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से...

सोलार उर्जा उत्पादनको ठेक्का विवादमा सर्वोच्चको यस्तो आदेश

नेपाल विद्युत प्राधिकरणले खुलाएको सौर्य उर्जा उत्पादको ठेक्का प्रक्रिया...
spot_img