Wednesday, June 18, 2025
spot_img

एसएआरएफआईआईको नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण, गभर्नर अधिकारी बने अध्यक्ष

spot_img
spot_img

साउथ एसिया रिजन फाइनान्सियल इनक्लुजन इनिसियटिभ South Asia Region Financial Inclusion Initiative ( SARFII) को नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी SARFII को अध्यक्ष चयन भएका छन् ।

मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी ‘Alliance for Financial Inclusion (AFI) – Global Policy Forum’ को बैठक चलिरहेको छ । सो बैठक अन्तर्गत आज आयोजित 15th SARFII Leaders Roundtable’ का क्रममा SARFII को अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरेका हुन्।

बैठकले स्टेट बैंक अफ पाकिस्तान (SBP) लाई SARFII को उपाध्यक्ष चयन गरेको छ । यसअघि SARFII को नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिय ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ‘Global Policy Forum’ को बाह्रौं बैठकका क्रममा SARFII स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् । केन्द्रीय क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नेलगायतका उद्देश्यसहित SARFII स्थापना गरिएको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img