Thursday, May 22, 2025
spot_img

नेपालमा वैदेशिक लगानी ल्याएकाले फिर्ता लगे १७ अर्ब लाभांश

नेपाल वैदेशिक लगानी ल्याएका कम्पनीहरुले  आर्थिक वर्ष २०७९/८० मा लाभांशको रुपमा १७ अर्ब बढी रकम आफ्नो देशमा फिर्ता लागेका छन् । उनीहरुले लाभांशको रुपमा कुल १७ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ फिर्ता लगेका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कुल १७ अर्ब ३३ करोड मध्ये ८ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ लाभांश उत्पादन क्षेत्रको रहेको छ । त्यस्तै सूचना प्राविधि क्षेत्रबाट ३ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ लाभांश बाहिरिएको छ भने बैंक तथा वीमा क्षेत्रबाट ३ अर्ब ५० करोड लाभांश नेपाल बाहिर गएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालबाट बाहिरिने लाभांश १०.५ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा नेपालमा लगानी गर्ने कम्पनीले १५ अर्ब ६७ करोड रुपैयाँ लाभांश बाहिर लगेका थिए ।

राष्ट्र बैंकको तथ्यांक अनुसार  आर्थिक वर्ष २०७९/८० मा कुल ६ अर्ब रुपैयाँको वैदेशिक लगानी नेपाल भित्रिएको थियो।    आर्थिक वर्ष २०७८/७९  मा  १८ अर्ब ६ करोड वैदेशिक लगानी नेपाल आएको थियो ।

नेपालमा आउने वैदेशिक लगानीमा सबैभन्दा ठूलो हिस्सा भारत र चीनको रहेको छ ।  नेपाल आउने कुल वैदेशिक लगानीमा भारतको हिस्सा ३५ प्रतिशत छ भने चीनको हिस्सा १२ प्रतिशत छ ।

प्रादेशिक रुपमा हेर्दा नेपाल आउने वैदेशिक लगानी मध्ये बागमतीमा सबैभन्दा धेरै  ५९.७ प्रतिशत आएको छ भने गण्डकीमा १५.१ प्रतिशत तथा कोशीमा १४.७ प्रतिशत आएको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img