आर्थिक वर्ष २०८०/८१ मा नेपाल भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई रु.१४४५ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्ष
विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई रु.१० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या
४६०,१०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २८१,१९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः
४९७,७०४ र २७७,२७२ रहेको थियो ।