Monday, February 17, 2025
spot_img

राष्ट्र बैंकले माग्यो ५२ कर्मचारी, १२ पासलाई पनि अवसर

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा गरि कुल ५२ कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) पदमा कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले सहायक निर्देशक ३४ जना, सहायक १३ जना र सहायक (सूचना प्रविधि) ५ जना माग गरेको छ। राष्ट्र बैंकका अनुसार सहायक निर्देशकको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै सहायकको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।  सहायक (सूचना प्रविधि)को लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङ्ग / कम्प्युटर साइन्स इन्जिनियरिङ्ग हार्डवेयर इन्जिनियरिङ्ग / इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ्ग विषयमा ३ वर्षे डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

राष्ट्र बैंकले योग्य तथा ईच्छुक उम्मेदवारलाई २०८१ भदौ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर भदौ २७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सहायक निर्देशक पदको लागि दरखास्त दिने अन्तिम मिति (२०८१ भदौ २०) सम्ममा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला उम्मेदवारको हकमा दरखास्त दिने अन्तिम मिति (२०८१ भदौ २०) सम्ममा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ ।

सहायक पदको लागि दरखास्त दिने अन्तिम मिति (२०८१ भदौ २०) सम्ममा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला उम्मेदवारको हकमा दरखास्त दिने अन्तिम मिति (२०८१ भदौ २०) सम्ममा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ ।  राष्ट्र बैंकको वहालवाला कर्मचारीहरुलाई उमेरको हद लाग्ने छैन ।

राष्ट्र बैंकको वेबसाइट मार्फत अनलाइन दर्कह्स्त दिनु पर्ने छ ।

 

- Advertisement -

spot_img

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज...

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...

संसद बैठक बस्दै, भ्रष्टाचार निवारण विधेयक पारित गर्ने तयारी

आज सोमबार पनि संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै...