अर्थ सचिव डा. घिमिरेले राष्ट्र बैंक सञ्चालकको रुपमा लिए सपथ

spot_img

अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले घिमिरेलाई पद तथा गोपनीयताको शथप गराएका हुन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । राजस्व सचिव डा. घिमिरेलाई हालै सरकारले अर्थ सचिवको रुपमा सरुवा गरेको थियो ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाशीश प्रकाशमान सिंह राउत, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार विमल पौडेल, सह–रजिष्ट्रारहरू मानबहादुर कार्की, अर्जुनप्रसाद कोइराला र अच्युत कुइँकेल, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...