नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको कर्जा सहि ठाउँमा सदुपयोग हुनु पर्ने बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को छैठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कृषि कर्जा दुरुपयोग भईरहेको तर्फ इंगित गर्दै उनले माटो खेलाउनेले कृषि कर्जा पाईरहेको छ वा कागज खेलाउने कृषि कर्जा पाईरहेको छ हेर्नु पर्ने बताए । साथै माटो सुहाउँदो गरि अध्ययन गरेर कृषि ऋण प्रवाह भएको छ वा छैन पनि हेरिने बताए। कुनै पनि हालतमा बैंकको रकम दुरुपयोग हुन नहुने भन्दै अब ऋण दिने बैंकका म्यानेजरहरुको निष्ठा पनि हेर्ने बताउदै निष्ठावान भएर काम गर्न निर्देशन दिए।
अहिले एनपीएलको ठूलो समस्या रहेको उल्लेख गर्दै गभर्नर पौडेलले साना तथा मझ्यौला कर्जा बिग्रदा समस्या भईरहेको बताए। देश बनाउने हो भने साना तथा मझ्यौला कर्जाको राम्रो सदुपयोग हुनु पर्ने उनको भनाई थियो ।
गभर्नर पौडेलले ऋणको सावाँ ब्याज नउठ्दा गरिने प्रोभिजनको विषयलाई केहि खुकुलो बनाउने बताए। प्रोभिजनलाई कडा बनाउनु हुँदैन भन्दै उनले अन्तराष्ट्रिय अभ्यास बमोजिम परिमार्जन गर्न राष्ट्र बैंक तयार रहेको बताए। त्यस्तै उनले कालोसूचीमा राख्ने प्रावधानलाई पनि परिवर्तन गरिने बताएका छन् । चेक बाउन्सलाई पनि अपधिकारिक क्रियाकलापमा राखिएको भन्दै सुरुमै यसलाई अपराध मान्ने भन्दा पनि कुनै एउटा तहमा पुगेपछि बल्ल अपधिकारिक क्रियाकलापमा राख्न सकिने उनको भनाई थियो ।
गभर्नर पौडेलले अब रिटेल कामहरु बैंकहरुलाई गर्न दिएर राष्ट्र बैंकले केन्द्रीय बैंकको गरिमा कायम गर्ने खालका कार्य मात्र गर्ने गरि तयारी भैरहेको बताए ।












Bigat 7 barsha dekhi yahi kura uthaudai suchana mageko ho. Timi governor le suchana nai diyaka chhaunau.