Friday, January 16, 2026
spot_img

राष्ट्र बैंकद्वारा वित्तीय साक्षरता पुस्तक सार्वजनिक, पुँजीबजार सहित १८ विषय समावेश

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता सम्बन्धि पुस्तक सार्वजनिक गरेको छ। ग्लोबल मनि विकको अवसरमा आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय लगायतले पुस्तक सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले तयार पारेको यो पुस्तकको नाम ‘वित्तीय साक्षरता , आधारभूत अवधारणा’ राखिएको छ। पुस्तकमा आवश्यकता र चाहना, पारिवारिक बजेट, बचत, लगानी, वित्तीय लक्ष्य,
कर्जा, ब्याज, वित्तीय अनुशासन, वित्तीय सेवा प्रदायक, नेपाल राष्ट्र बैंक, पुँजी बजार, बिमा, सहकारी, कर्जा सूचना,  विप्रेषण (रेमिट्यान्स),  विद्युतीय वित्तीय सेवा,  विद्युतीय वित्तीय ठगी र  गुनासो व्यवस्थापन गरि १८ वटा विषयसूची समावेश छन् । उक्त पुस्तकको डिजिटल प्रति राष्ट्र बैंकको वेबसाइटमापनि उपलब्ध छ ।

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक (Global Money Week-GMW)’ विश्वभर मनाउने गरिएको छ । यसै सन्दर्भमा मार्च १७ देखि २३ ( २०८१ चैत ४ देखि १० ) सम्म ‘Think before you follow, wise money tomorrow’ भन्ने नाराका साथ Global Money Week को १३ औं शृङ्खला मनाउन लागिएको हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजक (National Coordinator) को भूमिका निर्वाह गर्दै Global Money Week मनाइदै छ । यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहन्छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीमा भएका बेथिति छानबिनका लागि सरकारले बनायो जाँचबुझ आयोग

सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता...

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund)...
spot_img
spot_img