चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको अवधिमा वाणिज्य बैंकहरुले २१ अर्ब बढी शेयर धितोकर्जा प्रवाह गरेका छन्। २०८१ पुस महिनासम्ममा वाणिज्य बैंकहरुले कुल ९१ अर्ब ५४ करोड रुपैयाँ शेयर धितोकर्जा प्रवाह गरेका छन् ।
६ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४२.५९ प्रतिशतले शेयर धितोकर्जा प्रवाह गरेका हुन् । २०८१ असार मसान्तमा वाणिज्य बैंकले प्रवाह गरेको शेयर धितोकर्जा ७० अर्ब ३४ करोड रहेकोमा २०८१ पुस मसान्तमा वाणिज्य बैंकहरुले प्रवाह गरेको शेयर धितोकर्जा बढेर ९१ अर्ब ५४ करोड पुगेको हो ।
यस अवधिमा बैंकहरुले १६४.५७ प्रतिशतसम्मले शेयर धितोकर्जा बढाएका छन् । प्रतिशतको आधारमा सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले शेयर धितोकर्जा बढाएको छ। २०८१ असारमा माछापुच्छ्रे बैंकले प्रवाह गरेको शेयर धितोकर्जा ४६ करोड ७० लाख रहेकोमा २०८१ पुससम्ममा बैंकले प्रवाह गरेको शेयर धितोकर्जाको रकम १ अर्ब २३ करोड पुगेको छ। त्यस्तै ६ महिनाको अवधिमा नेपाल एसबिआइ बैंकको शेयर धितोकर्जा १३६.८१ प्रतिशतले बढेको छ।
यस अवधिमा हिमालयन बैंक र एनआइसी एशिया बैंकले प्रवाह गरेको शेयर धितोकर्जा भने घटेको छ। यी बैंकको शेयर धितोकर्जा क्रमश ५.४१ प्रतिशत र ३४.६५ प्रतिशत घटेको छ।
हेर्नुस् चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकले प्रवाह गरेको शेयरधितो कर्जाको विवरण :