Thursday, November 13, 2025
spot_img

बैंकिङ उद्योग सुरक्षित छ, खराब कर्जा बढे पनि चिन्ता लिनुपर्ने अवस्था छैन : अध्यक्ष कोइराला

spot_img

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले गत वर्षको तुलनामा बैंकिङ उद्योग सुरक्षित रहेको बताएका छन् । आईतवार इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष कोइरालाले बैंकिङ क्षेत्रमा कर्जा प्रवाहको वृद्धिदर ५ प्रतिशत देखिएको बताए । उनले अहिले बैंकहरुको सिडी रेसिया ७९ प्रतिशतमा रहेको जानकारी दिए ।

उनले समग्रमा हेर्दा बैकिङ उद्योग सुरक्षित रहेको देखिएको बताए । उनले बैंकिङ क्षेत्र सुरक्षित देखिए पनि बैंकहरुमा खराब कर्जा ४.५ प्रतिशत रहेको बताए । उनले केही बैंकहरुको ५ प्रतिशत भन्दा माथि पुगेपनि चिन्ता लिनुपर्ने अवस्था नभएको बताए । अध्यक्ष कोईरालाले निष्क्रिय कर्जा व्यवस्थापनको लागि बैंकहरुले सम्भावित कर्जा नोक्शानीबापत प्रोभिजन गर्ने क्षमता भएसम्म बैंकिङ उद्योग बलियो हुने बताए ।

उनले दक्षिण एशियाका मुलुकहरुसँगको तुलना गर्दा पनि नेपालको बैंकिङ क्षेत्रको अवस्था राम्रो रहेको बताए । उनले राष्ट्र बैंकले ल्याएको नीतिका कारण बैंकहरु सबल रुपमा रहेको धारणा राखे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...
spot_img
spot_img
spot_img