Friday, December 12, 2025
spot_img

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम छर्ने काम भइरहेको बताएका छन्। बिहीवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुप्रति वास्तविक कुराहरु नभइ भ्रम छर्ने कामहरु भइरहेको उनले बताए । उनले साना कर्जाहरु बिस्तार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनले कुनैपनि वित्तीय संस्थाहरु समस्यामा भए त्यसको तथ्यांक राष्ट्र बैंकसँग हुने र सोहीअनुसारको कामहरुबाट संस्थालाई सुझाव दिने काम गरिरहेको बताए । राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न नदिने प्रतिवद्धता उनले जनाए । कर्जा बिस्तारमा लाग्न पनि उनले बैंकहरुलाई आग्रह गरे ।

उनले भने, ‘बैंकिङ आफैँमा कति चुनौतिपूर्ण छ यहाँहरु सबैलाई थाहा छ । कतिले अहिले बैंकहरु कुनै वित्तीय संस्थाहरु समस्यामा छन् की भनेर हल्ला फैल्याउने, अफवाह फैल्याउने, चाहिँदो, नचाहिँदो कुराहरु सोसल मिडियामा राख्ने । छोटो कुराहरु राख्यो, मिडियामा । वास्तविक कुराहरु आउँदैन । अनि मान्छेहरुलाई भ्रम छर्दिने काम खुब भइरहेको हामी देख्छौँ । कुनै संस्थामा समस्या भयो भने त्यसको डेटाहरु राष्ट्र बैंकमा हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्न कुनैपनि वित्तीय संस्थालाई । हाम्रो कुनैपनि डिपोजिटरलाई राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई हामी कुनै हालतमा पनि समस्यामा पर्न दिँदैनौँ । डिपोजिट समस्यामा पर्न दिँदैनौँ, त्यो हाम्रो एक खालको प्रत्याभुति नै हो ।’

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थामा आउने उत्तारचढावलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । नेपाल राष्ट्र बैंक कुनैपनि निक्षेप कर्तालाई घाटामा पर्न नदिने बताए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४ जना मन्त्री थपिँदै (नामसहित)

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन्...

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो...

सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारणसभा आज

सर्वोत्तम सिमेन्ट लिमिटेडले आज मङ्सिर २६ गते आफ्नो ७...

सुनचाँदीको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आज शुक्रबार सुनको भाउमा भारी वृद्धि भएको छ ।...
spot_img
spot_img