Wednesday, June 18, 2025
spot_img

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम छर्ने काम भइरहेको बताएका छन्। बिहीवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुप्रति वास्तविक कुराहरु नभइ भ्रम छर्ने कामहरु भइरहेको उनले बताए । उनले साना कर्जाहरु बिस्तार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनले कुनैपनि वित्तीय संस्थाहरु समस्यामा भए त्यसको तथ्यांक राष्ट्र बैंकसँग हुने र सोहीअनुसारको कामहरुबाट संस्थालाई सुझाव दिने काम गरिरहेको बताए । राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न नदिने प्रतिवद्धता उनले जनाए । कर्जा बिस्तारमा लाग्न पनि उनले बैंकहरुलाई आग्रह गरे ।

उनले भने, ‘बैंकिङ आफैँमा कति चुनौतिपूर्ण छ यहाँहरु सबैलाई थाहा छ । कतिले अहिले बैंकहरु कुनै वित्तीय संस्थाहरु समस्यामा छन् की भनेर हल्ला फैल्याउने, अफवाह फैल्याउने, चाहिँदो, नचाहिँदो कुराहरु सोसल मिडियामा राख्ने । छोटो कुराहरु राख्यो, मिडियामा । वास्तविक कुराहरु आउँदैन । अनि मान्छेहरुलाई भ्रम छर्दिने काम खुब भइरहेको हामी देख्छौँ । कुनै संस्थामा समस्या भयो भने त्यसको डेटाहरु राष्ट्र बैंकमा हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्न कुनैपनि वित्तीय संस्थालाई । हाम्रो कुनैपनि डिपोजिटरलाई राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई हामी कुनै हालतमा पनि समस्यामा पर्न दिँदैनौँ । डिपोजिट समस्यामा पर्न दिँदैनौँ, त्यो हाम्रो एक खालको प्रत्याभुति नै हो ।’

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थामा आउने उत्तारचढावलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । नेपाल राष्ट्र बैंक कुनैपनि निक्षेप कर्तालाई घाटामा पर्न नदिने बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img