Wednesday, February 11, 2026
spot_img

 ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा छुट

spot_img
spot_img

ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले आरुष लाइफस्टाइल हस्पिटलमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलको कुपण्डोल हाईट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बर्गाछि विराटनगरस्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने बैंकले जनाएको छ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न हस्पिटल तथा सम्बन्धित संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको बैंकले उल्लेख गरेको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) निष्काशन गर्ने...

पाल्पा सिमेन्टको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ९० कित्तासम्म पाए शेयर

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको...

डिजिटल ट्रान्सफर्मेसनको लागि विश्व बैंकले ७ अर्ब दिने, नागरिक एपलाई ४ मिलियन डलर

विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधारलाई मजबुत बनाउन र...

अघि बढ्ने भयो एसएमई कम्पनीको आईपीओ, नेप्सेले स्वीकृतिको लागि पठायो विनियमावली

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'साना तथा मझौला संगठित संस्थाको...

फिल्म पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच नेपाललाई ‘अन्तर्राष्ट्रिय...

आयल निगम आफैँले बेच्न थाल्यो ग्यास, कुन कुन कम्पनीको पाइन्छ ?

केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएको चर्चा...
spot_img