Thursday, November 13, 2025
spot_img

 ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा छुट

spot_img

ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले आरुष लाइफस्टाइल हस्पिटलमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलको कुपण्डोल हाईट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बर्गाछि विराटनगरस्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने बैंकले जनाएको छ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न हस्पिटल तथा सम्बन्धित संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको बैंकले उल्लेख गरेको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...
spot_img
spot_img
spot_img