Tuesday, June 9, 2026
spot_img

शिवशिखर सहकारीबाट पीडित २१६ जनाले पाए बचत फिर्ता

spot_img
spot_img

सरकारले समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीका २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरुको बचत फिर्ता गरेको हो ।

समितिका अनुसार ऋणीबाट असुल गरिएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको हो ।

समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्नेछ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।

पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य भइरहेको छ । हालसम्म १३ सय १३ जना साना बचतकर्ताले बचत फिर्ता पाइसकेको समितिले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विभागबाट अनुमति पाएका हाइड्रोपावरको अवस्था र प्रगति अध्ययन समितिले प्रतिवेदन बुझायो

विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान...

ई–भिताराको मूल्य घट्यो

नेपालमा सुजुकी गाडीको आधिकारित आयातकर्ता सिजी मोटोकर्प प्रा.ली.ले ‘ई–भितारा’को...

गृहमन्त्रीले गरे ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने निर्णय

गृह मन्त्रालयले ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने भएको छ ।...

आर्थिक वर्षको १० महिनामा ३१२ अर्ब ऋण लगानी, कुल कर्जा प्रवाह ५८ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट...

३७०४ अर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, २ वर्षको आयात धान्न पुग्ने

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति बैशाख...
spot_img