Monday, December 8, 2025
spot_img

छिट्टै बीमा कम्पनीहरुको लागि एकिकृत निर्देशन जारी हुन्छ : अध्यक्ष ओझा

spot_img

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताएका छन् । आईतवार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विमकहरुले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरु एकीकृत रुपमा ल्याइदिन गरेको मागको सम्बोधनका लागि प्राधिकरणले काम गरिरहेको बताए।

उनले आफू प्राधिकरणमा आएको केही दिनमौ निर्देशनलाई एकीकृत गर्नका लागि कमिटी बनाएर काम शुरु गरेको बताए । नियमावलीमा परेका विषयहरुलाई निर्देशनबाट हटाउने र आवश्यक पुनरावलकोन भएको ठाउँमा समयानुकुल बनाउने बारेमा काम शुरु भइसकेको जानकारी दिए । उनले दुई महिनाभित्र काम सकिसक्ने र विमकलाई सहजता प्रदान गर्ने प्रतिवद्धता जनाए। बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्ने बताए । विमकको वित्तीय संस्था बलियो नभए विमितको हित संरक्षण हुन नसक्ने भन्दै विमकको वित्तीय स्वास्थ्य बलियो बनाउनका लागि प्राधिकरणले गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताए ।

अध्यक्ष ओझाले भने , ‘प्रायः सबै विमक साथीहरुको एउटै भनाइ थियो । नेपाल बीमा प्राधिकरणबाट विगतमा जारी भएका केही निर्देशनहरु छन्, त्यसलाई एकीकृत स्वरुपमा ल्याएको भए सहज हुन्थ्यो भन्ने छ । त्यस सम्बन्धमा म आएको केही दिनमै कमिटी बनाएर तत् सम्बन्धमा एकीकृत निर्देशनलाई एकीकृत गर्ने, कयौँ विषयहरु नियमावलीमा परेका छन्, त्यसलाई निर्देशनबाट हटाउने, आवश्यक पुनरावलकोन भएको ठाउँमा समयानुकुल बनाउने बारेमा काम शुरु भइसकेको छ । सम्भवतः डेढ, दुई महिनामा ५५ वटा जति निर्देशनहरु छन्, त्यसलाई हामी जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, लघु बीमाहरुका लागि फरक फरक सेक्सनमा हुनेगरी प्रकाशित गर्नेछौँ । जुन तपाईंहरुलाई कार्यान्वयन गर्न सहज होस्, दुविधा उत्पन्न नहोस्, छरिएका विषयलाई एक ठाउँमा ल्याएर थप व्यवस्थित, थप संशोधन गर्ने काम निरन्तर हुनेछ । बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्छ । विमितको हितको कुरा हाम्रो ऐनले प्रश्तावनामा नै गरेको छ । त्यो हाम्रो पहिलो प्राथमिकतामा पर्दछ । विमकको वित्तीय संस्था बलियो भएन भने विमितको हित संरक्षण हुन सक्दैन । विमकको वित्तीय स्वास्थ्य बलियो बनाउनका लागि हामीले गर्नुपर्ने सहजीकरण गर्न जिम्मेवारीपूर्ण तयारी छौँ ।सबैको हित समग्रतामा सुनिश्चित हुन नसकेसम्म बीमा उद्योगले आफ्नो सही बाटो समात्न सक्दैन ।’

अध्यक्ष ओझाले समग्र बीमा उद्योगको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पोखरा एयरपोर्ट निर्माणमा भ्रष्टाचारः यी हुन् अख्तियारले डामेका ५५ प्रतिवादी (नामसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार...

वर्षायाम अगाडि नै काठमाडौँभित्र विद्युतीय तार भूमिगत गरिसक्न मन्त्री घिसिङको निर्देशन

ऊर्जामन्त्री कुलमान घिसिङले वर्षायाम सुरु हुनुभन्दा अगाडि नै काठमाडौँ...

नेशनल लाईफद्वारा लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

नेशनल लाईफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान...

सिटिजन लाइफको सीईओमा पौडेलकै निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः ५ पूर्वमन्त्री र १० तत्कालीन सचिवविरुद्द मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

तीन आर्थिक पत्रकारलाई नाफिज पत्रकारिता पुरस्कार

क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ...
spot_img
spot_img